ओलीपक्षीय स्थायी कमिटि बैठक पुनः स्थगित, एकताको प्रयास हुँदै

२० जेठ, काठमाडौं ।

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बिहीबार दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बुधबार बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय गरेको थियो ।

ओलीले पार्टी निर्देशन विपरीत गतिविधिमा संलग्न भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुलाई कारबाही प्रक्रिया अगाडि बढाएका छन् ।

नेता नेपालसहित एघार जनालाई गएको १० जेठकै बैठकबाट निष्कासनको निर्णय गरेका थिए । थप १२ जनालाई स्पष्टिकरण सोधे पनि निर्णयार्थ बैठकमा पेश गरिएको छैन ।

बरु, दोस्रो तहका नेताहरु नेता नेपाल समूहसँग अनौपचारिक वार्तामा छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here