खाडलमा जमेको पानीमा डुबेर बालकको मृत्यु

निरज यादव/प्रदेशपालिका
२० जेठ, सर्लाही ।

खाडलमा जमेको पानीमा डुब्दा जिल्लामा एक बालकको मृत्यु भएको छ । ईट्टाभट्टाले खनेको खाडलमा जमेको पानीमा डुबेर १० वर्षिय रजनिसको मृत्यु भएको होे ।

कबिलासी नगरपालिका–७ स्थित लालबाबु रायको भट्टाले खनेको खाडलमा डुब्दा बाख्रा चराउन गएका ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार दिउँसो नुहाउन भनी ती बालक खाडलमा जमेको पानीमा पसेका थिए ।

सोही क्रममा कबिलासी नगरपालिका–५ रनिया निवासी मनोज कुमार मण्डलको छोरा रजनिश मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here