नासाले शुक्र ग्रहमा दुई वटा मिसन सञ्चालन गर्ने

२० जेठ, काठमाडौं ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले सौर्यमण्डलको सबैभन्दा तातो तथा चम्किलो शुक्र ग्रहमा दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ ।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । पहिलो मिसनको नाम ‘डाभिन्सी प्लस’ र दोस्रो मिसनलाई ‘भेरिटास’ नाम दिइएको छ ।

यी दुवै मिसनका लागि ५०÷५० करोड डलर बजेटसमेत छुट्याइसकेको नासाले जनाएको छ ।

पृथ्वीको नजिकको ग्रह किन यति तातो छ भन्ने कुरा पत्ता लगाउन अन्तरिक्ष मिसन सञ्चालन गर्न लागिएको नासाका प्रशासक बिल नेल्सनले बताएका छन् । ‘यी मिसनमार्फत् शुक्र ग्रह सिसासमेत पग्लिने तातो कसरी भयो भनेर जान्न खोजिने छ,’ नेल्सनले भनेका छन् ।

हालसम्म प्राप्त जानकारीअनुसार शुक्र ग्रहको सतहको तापक्रम ५ सय डिग्री सेल्सियस छ । (एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here