प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य

२० जेठ, काठमाडौं ।

सुनको मूल्य थोरै उकालो लागेको छ । प्रतितोला चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार चार सय रुपैयाँले बढेको हो । बिहीबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

मंगलबार र बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको मूल्यको कारोबार मूल्य ९४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ७५ रुपैयाँ पुगेको छ । बुधबार मंगलबार भन्दा तोलामा १० रुपैयाँले घटेर एक् हजार तीन सय ६० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here