२० जेठ, काठमाडौं ।
जनता समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादवले संघमा विपक्षीको भूमिकामा रहेका दललाई प्रदेश सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले प्रदेश नं. २ मा मन्त्रीमण्डल पुनर्गठनको तयारी गरेका छन् ।
मुख्यमन्त्री नेफेरे पनि सत्ता साझेदारीका लागि उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका नेपाल पक्षीय नेताहरुसँग भेटेर सत्ता साझेदारीको प्रस्ताव राखेका थिए । स्रोतका अनुसार उनले मंगलवार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने क्रममा सरकारमा सहभागिताका लागि आग्रह गरेका थिए ।
यसैगरी बुधवार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव कुमार नेपाललाई भेटी यादवले सरकारमा सहभागी हुन औपचारिक आग्रह गरेको बताइएको छ । उनले तीन दलको सरकार बनाएर मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याउन शीर्ष नेताहरुलाई आग्रह गरे ।
यादव निकट स्रोतका अनुसार उने मुख्यमंत्रीबाहेक सबै मन्त्रीलाई हटाउने तयारी गरेका छन् । उनले सरकारमा नयाँ टिम बनाएर प्रदेश सरकारको खस्केको छवि सुधार्ने प्रयासस्वरुप यस्तो तयारी गरेको बताइएको छ ।
मन्त्रालयको संख्या १० पुर्याइ, पूर्व राष्ट्रिय जनता पार्टि (राजपा)बाट उपेन्द्रलाई समर्थन गर्नेमध्येका केहीलाई मन्त्री दिने प्रस्ताव यादवको छ । तर यस अघि मन्त्री पद बचाउन यादवका पक्षमा गएका पूर्व राजपाका दुई मन्त्रीको पनि पद रहने वा नरहने अनिश्चित भएको छ ।
यस अघि विवादमा आएका नवल किशोर साह र रामनरेशलाई हटाएर पूर्व राजपाबाट सक्दो धेरै जनालाई समेट्ने यादवको तयारी छ । कार्यकारिणी समितिमा बहुमत पुर्याएर महन्थ ठाकुर र राजेन्द्र महतोलाई जनता समाजवादी पार्टि (जसपा)बाट निष्कासन गरिसकेपछि यी दुवै मन्त्रीको उपयोगिता पुरा भएको यादवको ठहर छ ।
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको समर्थनमा हालसम्म जसपाका ३० प्रदेशसभा सदस्य छन् ।