
२० जेठ, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षा साउनसम्ममा सक्ने तयारी थालेको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले यस्तो बताएका हुन् ।
बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए ।
यसै क्रममा गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको बाँस्कोटाले बताए । कोरोना महामारीको दोस्रो लहरका कारण रोकिएका परीक्षा यथाशिघ्र सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ ।