२० जेठ, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ती जारी गर्दै यस कुराको जानकारी दिएका छन् ।