कोरोनाको दोश्रो लहरमा झन्डै ६ सय भारतीय चिकित्सकको मृत्यु

१९ जेठ, काठमाडौं ।

कोरोना भाइरस महामारीको दोस्रो लहरमा भारतमा हालसम्म झण्डै ६ सयजना चिकित्सकको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

समाचार संस्था एएनआईले इन्डियन मेडिकल एसोसिएशनलाई उद्धृत गर्दै दिएको खबर अनुसार दोस्रो लहरको क्रममा हालसम्म ५ सय ९४ जना चिकित्सकको मृत्यु भएको छ ।

राजधानी दिल्लीमा मात्रै पनि यो लहरमा १ सय ७ जना चिकित्सकको मृत्यु भएको छ ।

यस्तै उत्तर प्रदेशमा ६७ चिकित्सकको ज्यान गएको आइएसएलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले उल्लेख गरेको छ ।

भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण कम हुँदै गएको देखिएको छ, तर जोखिम अझै उच्च रहेको विज्ञले बताउँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here