केही खुकुलो बनाइ थप एक साता लकडाउन घोषणा

१९ जेठ, काठमाडौं ।

उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्ब्याउने तयारी थालिएको छ ।

मंगलबार अपराह्न बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुका बैठकले निषेधाज्ञाकै कारण कोरोना संक्रमणदर कम हुँदै गएको निष्कर्ष निकालेको छ । त्यसैले थप १० दिने लम्ब्याउनेबारे छलफल भएको बताइएको छ ।

साथै केही क्षेत्रहरुलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारीसमेत रहेको छ ।

खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिनेबारे छलफल भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

बैठकमा छलफल मात्रै भएको र बुधबार निर्णय गरिने उनले बताए । साथै निर्माण क्षेत्रमा काम रोकिएकोले निर्माण स्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम गर्न दिनेबारे पनि छलफल भएको छ ।

कोरोना संक्रमणदर उच्च भएपछि गत बैशाख १६ देखि उपत्यका लगायत देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here