उपेन्द्रलाई निष्कासन गरेसँगै त्रिपाठीसँग एकताको तयारी

१८ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टीबाट निष्कासन गरिए लगत्तै महन्थ ठाकुर पक्षले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग एकता प्रयास थालेको छ ।

जसपाभित्रको आन्तरिक विवाद चरम बिन्दुमा पुगेकै बेला ठाकुर पक्षले आफ्नो पुरानो साथी हृदयेश त्रिपाठीसँग एकता प्रयास थालेको हो ।

विशेष सुत्रबाट प्राप्त जानकारी अनुसार अहिले सिंहदरबारमा ठाकुरसहित जसपाबाट निष्कासीत नेताहरू र स्वास्थ्यमन्त्री त्रिपाठी समूहबीच नयाँ दल दर्ता  सम्बन्धमा कुराकानी भइरहेको छ ।

छलफलमा ठाकुर समूहबाट राजेन्द्र महताेसहितका नेताहरू र त्रिपाठी समूहबाट त्रिपाठीसहितका नेताहरू सहभागी छन् ।

मंगलबारमात्र जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुरलगायत तत्कालिन राष्ट्रिय जनता पार्टीका अन्य तीन शिर्ष नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेका छन् ।

यादव पक्षबाट निकालिए लगत्तै ठाकुर पक्षले पनि उपेन्द्र यादवलाई  पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here