४० माइक्रोनभन्दा कमका प्लास्टिक उत्पादन र प्रयोगमा प्रतिबन्ध

१८ जेठ, काठमाडौं ।

सरकारले ४० माइक्रोनभन्दा कममा प्लास्टिक झोला उत्पादन र प्रयोगमा प्रतिबन्ध लगाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्ता प्लास्टिक प्रयोग रोकेको जनाएको हो ।

‘..प्लास्टिकजन्य पदार्थबाट हुने वातावरण प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । सपिङ मल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारीक प्रतिष्ठानमा प्लास्टिकको झोलाको साट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको व्योहोरासमेत अवगत गराउँदछु,’ विभागका महानिर्देशक मुकुन्द प्रसाद निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यो प्रतिबन्ध साउन १ गत्तेबाट लागू हुने विज्ञप्तीमा उल्लेख छ । पहिले प्लास्टिकका झोला उत्पादन गर्दै आएका उद्योगलाई नयाँ मेसिनरी खरिदका लागि लगानीबराबरको अनुदान दिइनेसमेत विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here