१७ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् भने १ सय १४ संक्रमितको ज्यान गएको छ ।
संक्रमणमुक्त हुनेको संख्या ६ हजार ४ सय ९१ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ५५ पीसीआर र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गरिएकोमा यो संख्यामा संक्रमित थपिएका हुन् ।