बाँकेमा ६ कोरोना संक्रमितको मृत्यु

१७ जेठ, नेपालगञ्ज ।

बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार ४ः४५ बजे दिउँसोदेखि सोमबार बिहान ७ बजेसम्म यी संक्रमितको मृत्यु भएको हो ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बाँके, १÷१ जना दैलेख, लमजुङ, दाङ र कैलालीका छन् ।

राप्तिसोनारी गाउँपालिका–७ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा आइतबार राति १०ः१५ बजे मृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरूषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५ बजे मृत्यु भएको छ ।

यस्तै नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरूषको आइतबार दिउँसो ४ः४५ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । मध्य नेपाल नगरपालिका–४ लमजुङका ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा सोमबार विहान ५ः५० बजे मृत्यु भएको छ ।

तुल्सीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार विहान ५ः१५ बजे मृत्यु भएको छ । उनलाई वैशाख ११ गते कोरोना संक्रमण देखिएपछि वैशाख १२ गते अस्पतालमा भर्ना गरिएको थियो ।

यस्तै घोडाघोडी नगरपालिका–१ कैलालीकी ४० वर्षीया महिलाको भेरी अस्पतालमा उपचारको क्रममा सोमबार विहान ७ बजे मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका मृतकको संख्या २ सय ९१ पुगेको छ भने अन्य जिल्लाका २ सय ८६ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here