भारतमा कोरोनाको नक्कली औषधि बेच्ने साढे तीन सयभन्दा बढी पक्राउ

१७ जेठ, काठमाडौं ।

कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा साढे तीन सयभन्दा बढीलाई पक्राउ गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरीका एकजना वरिष्ठ अधिकारी प्रेमनाथका अनुसार ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको छ । उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो । भारतमा बितेको चौबिस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएका छन् भने साढे तीन हजार हाराहारीको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here