महतो र ठाकुरले प्रधानमन्त्री भेटे

१७ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेका छन् ।

भेटमा सरकारमा सहभागिताको विषयमा छलफल भएको स्रोतले जनाएको छ । ठाकुर र महतो ओली नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा छन् । सोमबारको भेटमा मन्त्रालय बाँडफाँटमा केन्द्रित हुने स्रोतले जनायो ।

यसैबीच जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संकेत गर्दै आ–आफ्नो बाटो लाग्न आग्रह गरेका छन् । ‘भेंडा भेंडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ । हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ,’ भट्टराईले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here