ब्राजिलमा कोरोनाबाट हुने मृत्युमा कमी आएन

Cemetery workers in protective clothing maneuver the coffin of 57-year-old Paulo Jose da Silva, who died from the new coronavirus, in Rio de Janeiro, Brazil, Friday, June 5, 2020. According to Monique dos Santos, her stepfather mocked the existence of the virus, didn't use a mask, didn't take care of himself, and wanted to shake hands with everybody. "He didn't believe in it and unfortunately he met this end. It's very sad, but that's the truth," she said. (AP Photo/Leo Correa)

१७ जेठ, काठमाडौं ।

ब्राजिलमा कोभिड १९ को प्रकोपबाट हुने मृत्युमा कमी नआएको पाइएको बताइएको छ ।

ब्रजिलका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार मात्र पनि ८ सय ७४ जनाको यो भाइरसका कारण ज्यान गएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण करिब ४ लाख ६२ हजार जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट ४ लाख ६१ हजार ९ सय ३१ जनाको ज्यान गएकोे आइतबार त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण घट्न सकेको छैन ।

कहिलेकाँही संक्रमितहरुको संख्या घटेको जस्तो देखिए पनि केही दिनपछि फेरि बढेर आउने गरेको पाइएको छ । संक्रमितहरु यहाँका अस्पतालहरूमा ठूलो संख्यामा रहेका छन् ।

त्यहाँका चिकित्सक तथा स्वास्थ्य अधिकारीहरुले अहिले पनि बिरामीको चाप थेग्न सकेका छैनन् । गत २४ घण्टामा कोभिड–१९ का ४३ हजार ५ सय २० जना संक्रमितहरु भेटिएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमण शुरु भएदेखि ब्राजिलमा हालसम्म १ करोड ६५ लाखभन्दा बढी संक्रमित भएका छन् । ब्राजिलका अधिकारीहरुले कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी रहेको बताएका छन् ।

त्यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र ३५ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here