आइफोनको डिस्प्ले सामसुङ र एलजीले बनाउने

१७ जेठ, काठमाडौं ।

आगामी वर्ष सार्वजनिक हुने भनिएको ‘आइफोन–१३’को डिस्प्ले सामसुङ र एलजीले उत्पादन गर्ने निश्चित भएको छ ।

द इलेकका अनुसार सन् २०२१ मा एप्पलले करिब १८ करोड आइफोन बेच्ने योजना बनाएको छ र यी उपकरणमा प्रयोग हुने डिस्प्ले उत्पादनको जिम्मा सामसुङ र एलजीले पाएको हो ।

सामसुङ डिस्प्ले कम्पनीले आइफोनका लागि ओएलइडी प्यानल डिस्प्ले उत्पादन गर्नेछ, जुन ‘आइफोन–१२’का मोडल र अर्को वर्ष सार्वजनिक हुने ‘आइफोन–१३’मा प्रयोग हुनेछ ।

‘आइफोन–१३’मा प्रयोग गरिने डिस्प्ले ‘आइफोन–१२’मा प्रयोग हुने भन्दा राम्रो हुने रिर्पोटमा जनाइएको छ । यसका चारवटा मोडलमध्ये दुईवटा ‘आइफोन–१३ प्रो’ मोडलमा लो–टेम्पेरेचर पोलिक्रिस्टलाइन अक्साइड थिन फिल्म ट्रान्सिस्टर फिचर भएको डिस्प्ले प्रयोग हुनेछ ।

यो डिस्प्ले पातालो आकारको हुने भएपनि बलियो हुने कम्पनीले दाबी गरेको छ। यसमा १२० हर्जको रिफ्रेस रेट हुनेछ ।

यसैगरी ‘आइफोन–१३’का अन्य दुई सामान्य मोडलमा भने लो–टेम्पेरेचर पोलिक्रिस्टलाइन सिलिकन टिएफटी ओएलइडी प्यानल डिस्प्ले प्रयोग हुनेछ, जुन एलजी डिस्प्ले कम्पनीले वितरण गर्ने द इलेकले जनाएको छ ।

एप्पलले यो वर्ष बेच्ने १८ करोड आइफोनमध्ये १५ करोड करोड नयाँ आइफोनका लागि सामसङले डिस्प्ले उत्पादन गर्ने छ । बाँकी ३ करोड आइफोनका लागि भने एलजी कम्पनीले उत्पादन गर्ने छ ।

रिर्पोटका अनुसार अर्को वर्ष एलजीले करिब ४ करोड आइफोनका लागि ओएलइडी डिस्प्ले बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here