एमाले स्थायी कमिटि बैठक सर्यो, भोलि बस्ने तयारी

१७ जेठ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक फेरि सरेको छ । एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ पाँच बजेका लागि बैठक बोलाएका थिए ।

प्रधानमन्त्री ओलीको व्यस्ततालगायत कारण देखाउँदै उक्त बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो । तर सोमबार पनि बैठक नबस्ने भएको छ । आज सरेको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

पछिल्लो समय एमालेमा ओली समूहले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई साधारण सदस्यबाट निष्काशन गरेको छ ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्न अरू १२ जनालाई पनि स्पष्टीकरण सोधिएको छ । उनीहरूले उक्त स्पष्टीकरणको जवाफ दिएका छैनन् ।

ती सांसदहरूमाथि कारबाही गर्न स्थायी कमिटी बैठक बस्न लागेको बताइएको थियो ।

आज लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा पनि नेपाल समूहले विपक्षी गठबन्धनलाई साथ दिएको छ ।

लुम्बिनीको उपनिर्वाचनमा केही स्थायी कमिटी सदस्यहरू जानु पर्ने भएकाले आजको बैठक स्थगित भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here