माडीमा राममन्दिरका लागि बजेट छुट्याइयो, घरबारविहीन चेपाङका लागि छैन कुनै कार्यक्रम

१६ जेठ, चितवन ।

सरकारले चितवनको अयोध्यापुरीमा राममन्दिर स्थापना गर्न बजेट विनियोजन गरेको छ । तर, यसै क्षेत्रमा घरबारविहीन अवस्थामै रहेका चेपाङ समुदायका लागि सरकारले कुनै कार्यक्रम ल्याएको छैन ।

बजेटमा चितवनको रत्ननगरमा कृषि थोकबजार स्थापना गरिने, पथलैया–नारायणढ सडक विस्तार गर्ने, नारायणगढ–बुटवल सडक विस्तारलाई तीव्रता दिने उल्लेख छ ।

नारायणी नदीमा सिग्नेचर ब्रिजले प्रतिस्थापन गर्ने, नारायणी नदीमा पानीजहाज सञ्चालन गर्न टर्मिनललगायत पूर्वाधार निर्माण गर्ने, हुलाकी राजमार्ग विस्तार, पुल र राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खण्डको पुनः रेखांकन गरी निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरिएको छ ।

समृद्ध तराई मधेस सिँचाइ विकास कार्यक्रम चितवनमा पनि लागू गर्ने, पृथ्वी राजमार्गको मझिमटारदेखि शक्तिखोरसम्म सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने भएको छ ।

यस्तै, भरतपुर विमानस्थलको विस्तार एवं स्तरोन्नति गर्न पनि रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here