१६ जेठ, काठमाडौं ।
सरकारले स्टार्टअप व्यवसाय प्रर्वधन गर्ने नीति लिएको छ । जसका लागि आयकर छुट दिइने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरे ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन् ।
अब कुनै पनि स्टार्टअप व्यवसायले कारोबार सुरु गरेको पाँच वर्षसम्म आयकरमा शतप्रतिशत छुट पाउने उनले जानकारी दिए ।
यस्तै निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा पाँच वटा स्टार्टअप व्यवसलाई प्रति व्यवसाय बढीमा एक लाख रुपैयाँ बिउ पुँजी उपलब्ध गराए सो रकम करयोग्य आयमा कट्टी गर्न पाउने व्यवस्था पनि बजेटले गरेको छ ।