१५ जेठ, काठमाडौं ।
सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ ।
आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।
पेट्रोलियम पदार्थबाट चल्दै आएका सवारीलाई विद्युतीय सवारी साधनमा परिणत गरेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुर छुट पाउने व्यवस्था गरिने पौडेलले बताए।
त्यस्तै नेपालमै विद्युतीय सवारीसाधन उत्पादन एवम् एसेम्बिलङ गर्नका लागि विश्वका १० वटा उत्कृष्ट कम्पनीलाई आकर्षित गर्ने लक्ष्य सरकारले लिएको छ।