१५ जेठ, काठमाडौं ।
सरकारले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिए ।
उनले सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।