१५ जेठ, काठमाडौं ।
सरकारले अक्सिजन उद्योग स्थापना गर्न आवश्यक उपकरण आयातमा लाग्ने भन्सार शूल्क र भ्याटमा छुटको घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८÷७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि बजेटमा उल्लेख छ ।
साथै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषण गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।