आन्तरिक द्वन्द्वमा जसपा, दुबै अध्यक्षले दिए एक अर्कालाई निष्कासनको चेतावनी

१५ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसित स्पष्टिकरण माँगेका छन् ।

आज नै उपेन्द्र यादवको नाममा ठाकुरले पत्र काट्दै पार्टीको विधान विपरित काम गरेकोमा स्पष्टीकरण दिन भनेका छन् । यस अघि जेठ ११ गते स्पष्टीकरण सोधिएकोमा हालसम्म जवाफ प्राप्त नभएकोले दोश्रो पटक पत्र पठाइएको र २४ घन्टाभित्र चित्त बुझ्दो जवाफ लिएर उपस्थित हुन पत्रमा भनिएको छ ।


चित्त बुझ्दो जवाफ नआएको खण्डमा पार्टीबाट निष्कासन समेत गर्न सकिने पत्रमा उल्लेख छ ।

यसअघि आज नै उपेन्द्र यादव नेतृत्वको बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसित पनि स्पष्टिकरण माँगेको थियो ।

यादवको प्रतिनिधित्व गर्दै केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले काटेका पत्रमा चित्तबुझ्दो जवाफ नआए ठाकुरसँगै राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्न सकिने उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here