१५ जेठ, काठमाडौं ।
जनता समाजवादी पार्टीले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित अन्य तीन जना नेतालाई स्पष्टिकरण दिन २४ घन्टे अल्टिमेटम दिएको छ ।
पार्टी अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले पार्टीको विधान विपरित काम गरेको भन्दै २४ घन्टाभित्र स्पष्टिकरण दिन पत्राचार गरिएको छ ।
शनिबार चार जनै नेतालाई पठाइएको पत्रमा उचित जवाफ नआए पार्टीबाट निष्कासन समेत गर्न सकिने व्योहोरा लेखिएको छ ।
उपेन्द्र यादवको अध्यक्षतमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो ।
पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गर्छौँ भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका पछिल्ला गतिविधिका कारण कारबाही थालिएको एक नेताले बताए ।