१५ जेठ, काठमाडौं ।
विश्व नै अहिले कोरोना भाइरस महामारीबाट आक्रान्त छ । यस्तै भाइरसमाथि बलिउड र हलिउडमा विभिन्न फिल्म बनिसकेका छन् ।
बलिउडले फेरि यस्तै फिल्म लिएर आउँदै छ । जसमा महानायक अमिताभ बच्चनसँगै दीपिका पादुकोण र प्रभास देखिने भएका छन् ।
भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार साउथ फिल्मका प्रख्यात डाइरेक्टर नाग अश्विनले यो फिल्म बनाउन लागेका हुन् । यसले सन् २०५० को कथा देखाउने छ । जसमा ‘बायो विपन्स’ को प्रयोग र यसले विश्व नै तहसनहस बनाएको देखाइनेछ ।