तनहुँमा एक साता लम्बियो निषेधाज्ञा

१५ जेठ, तनहुँ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले पुनः एक हप्ता निषेधाज्ञाको समय थपेको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिकोे बैठकले १५ गते शनिबार राति १२ बजे सकिने निषेधाज्ञालाई थपेर जेठ २२ गते सम्म लम्ब्याएको हो ।

सङ्क्रमितहरुको सङ्ख्या बढ्दै जाँदा कोरोना महामारीको जोखिम पनि यथावत् रहेकोले अवधि थपिएको सहायक प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here