कुन प्रदेशमा कति कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ?

सांकेतिक तस्विर

१४ जेठ, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हाल २ हजार ७७ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन् ।

१ हजार ६ सय २७ आइसीयू र ४ सय ५० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि बिहीबार २ हजार १ सय २ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा थिए ।

प्रदेश १ मा २ सय १० आइसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा १ सय ७७ आइसीयू र ३६ जना भेन्टिलेटरमा छन् । बागमती प्रदेशमा ७ सय ७५ आइसीयू र २ सय ८९ जना भेन्टिलेटरमा छन् ।

गण्डकी प्रदेशमा १ सय ७६ जना आइसीयू र ३६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १ सय ९० जना आइसीयू र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ५१ जना आइसीयू र ५ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४८ जना आइसीयू र १२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा भने ६ सय १७ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here