१४ जेठ, काठमाडौं ।
कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ८६ हजार ३६४ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
भारतमा कोरोना संक्रमणको यो संख्या ४४ दिनयताको सब भन्दा कम हो ।
कोरोना शुरु भएयता देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएका छन् । भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।
भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो ।