विघटनविरुद्धका सबै रिट संवैधानिक इजलासमार्फत हेरिने

१३ जेठ, काठमाडौं ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै रिट संवैधानिक इजलासमार्फत टुंग्याइने भएको छ । बिहीबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।

पेसी तोकिएका १९ वटै रिटलाई प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले संवैधानिकमा लाने आदेश दिएका छन् । अब यी रिट पनि ११ वटा अन्य रिटसँगै सुनुवाइ गरिनेछन् ।

भोलि शुक्रबार विघटनविरुद्ध संवैधानिक इजलासमा परेका ११ रिटमाथिको पेसी तोकिएको छ ।

राष्ट्रपतिले जेठ ८ मा मन्त्रीपरिषदको सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् । यो विघटन गैरसंवैधानिक रहेको भनी ३० वटा रिट सर्वोच्चमा परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here