विघटनसम्बन्धित १९ वटै रिट प्रधानन्यायाधीशको इजलासमा

नयाँ पत्रिका
काठमाडौं, १३ जेठ

प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित परेका १९ वटा रिट प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्नै इजलासमा राखेका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु इन्द्रप्रसाद अर्याल, दीपक राई, राजाराम घिमिरेलगायतले छुट्टाछुट्टै दायर गरेको रिटको आज पेसी हो । विघटनविरुद्ध परेका ३० मध्ये १९ वटाको सुनुवाइ आज हुँदैछ । बाँकी ११ भने शुक्रबार संवैधानिक इजलासमा पेस हुनेछन् ।

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here