१० प्रतिशत ब्याज दिने बचतपत्रमा लगानी गर्न राष्ट्र बैंकको आग्रह

१३ जेठ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई उच्च प्रतिफल दिने गरी लगानीको आह्वान गरेको छ । वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्ने गरि बैंकले हालै मात्र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको हो ।

पाँच वर्ष अवधिको सो बचतपत्रमा जो कोही वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले बचत लगानी गर्न सक्नेछन् भने लगानी बापत बैंकले वार्षिक १० प्रतिशतका दर ब्याज प्रदान गर्ने छ । जुन अहिले अन्य बैंक तथा वित्तीय संस्थाले दिइरहेकोभन्दा उच्च ब्याज हो ।

ब्याज भने बैंकले ६÷६ महिनामा भुक्तानी दिने बताएको छ ।

मुलुक बाहिर रोजगारीमा संलग्न भएका वा रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपालीका परिवारले खरिद गर्न सक्ने छन् । रोजगारीमा गएको व्यक्तिको बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा र छोरीले खरिद गर्न सक्ने छन् । यद्यपी सो ऋणपत्र कम्तिमा १० हजार रुपैयाँको किन्नु पर्ने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here