सांसद साहले अक्सिजन प्लान्ट जडान गर्ने

१२ जेठ, सर्लाही ।

जनता समाजवादी पार्टि (जसपा) नेपालका सांसद प्रमोद साहले गृहजिल्लामा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना गर्ने भएका छन् । कोरोना भाइरस महामारीमा जनताले अक्सिजन नपाएर अकालमा ज्यान गुमाइरहेका बेला सांसद साहले जिल्लामै पहिलो पटक अक्सिजन प्लान्ट जडान गर्ने बताएका हुन् ।

सर्लाही क्षेत्र नं. १ बाट निर्वाचित सांसद साहले आफ्नो निर्वाचन क्षेत्रको हरिपुर नगरपालिकामा अक्सिजन प्लान्ट जडान गर्ने जानकारी दिए । उनले भने, ‘अहिले कोरोनाका कारण अक्सिजनको कमीले दैनिक अप्रत्याशित रुपमा मान्छेको मृत्यु भइरहेको छ । त्यसैले यस्तो बेलामा मैले मेरो निर्वाचन क्षेत्रमा छिट्टै एउटा अक्सिजन प्लान्ट जडान गर्दैछु । जसले जिल्लाभरलाई अक्सिजनको कमी हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here