मेयरसहित ५८ जनामा कोरोना देखिएपछि ईश्वरपुर नगरपालिका ७२ घण्टाका लागि सिल

निरज यादव/प्रदेशपालिका
११ जेठ, ईश्वरपुर ।
सर्लाहीको ईश्वरपुर नगरपालिकाका मेयरसहित ५८ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरिएको छ ।

मेयरसहित कर्मचारी, वडाध्यक्ष, नगर क्षेत्रभित्रका विभिन्न बैंकका कर्मचारी तथा व्यापारीहरूमा संक्रमण देखिएको हो । जेठ ६ गते नगरपालिकाको वडा नं. ७ बर्थिङ सेन्टरमा १ सय २३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाइएकोमा मेयर मनोज कुमार देवकोटासहित ५८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण देखिएपछि नगरपालिका ७२ घण्टाका लागि सिल गरिएको नगर प्रमुख देवकोटाले संचारकर्मी लाई जानकारी दिए । उनका अनुसार थप संक्रमण फैलिन नदिन ईश्वरपुर नगरपालिकालाई जेठ ११ देखि १३ गतेसम्म ७२ घण्टा सिल गरिने छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here