पूर्वमन्त्री पहाडीद्वारा डोल्पामा अक्सिजन कन्सन्ट्रेटरसहितका सामग्री सहयोग

११ जेठ, डोल्पा ।
पूर्व शान्तिमन्त्री सत्य पहाडीले डोल्पामा स्वास्थ्य सामग्री पठाएकी छन् । उनले गाडीमार्फत अक्सिजन उत्पादन गर्ने दुई अक्सिजन कन्सन्ट्रेटर, २ सय वटा एन्टिजेन किट, व्यक्तिगत सुरक्षा सामग्री, मास्क, स्यानिटाइजर, पाँचवटा अक्सिजन रेगुलेटर, १५ सिलिण्डर र औषधि पठाएकी हुन् ।

अक्सिजन प्लान्ट खरिद गरेर डोल्पामा पुगे पनि प्राविधिक नहुँदा उक्त प्लान्ट सञ्चालनमा आउन सकेको छैन । अक्सिजन भर्न नेपालगञ्ज जानुपर्ने बाध्यतालाई हल गर्न कन्सन्ट्रेटर डोल्पामा पठाएको पहाडीले बताइन् ।

अहिले अक्सिजन अभावकै कारण धेरै समस्या आएकाले यो सहयोगबाट राहत मिल्ने डोल्पावासीको भनाइ छ । त्यस्तै चिकित्सकहरुबाट जोखिम भत्ता नपाएको गुनासो बढेपछि सो भत्ताका लागि पहल गर्नेसमेत उनले आश्वासन दिइन् । (रासस)

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here