१० जेठ, काठमाडौं ।
बीरगंज महानगरपालिकाले कोरोना विरुद्धको भ्याक्सिन खरिदका लागि केन्द्र सरकारसित अनुमति माँगेको छ ।
कम्तीमा एक लाख महानगरबासीलाई खोप लगाउने लक्ष्य रहेको भन्दै महानगरपालिकाले नेपाल सरकारद्वारा स्विकृति प्राप्त खोप खरिदका निम्ति अनुमति दिन र यस सम्बन्धी आवश्यक पर्ने अन्य सहयोग पनि उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।
पत्रमा कोभिड १९ विरुद्धको लडाई जित्ने एक मात्र माध्यम खोप भएको भन्दै सबै नागरिकलाई खोप पु¥याउने सरकारको प्रयास प्रभावकारी हुन नसकेको लेखिएको छ ।
पत्रमा समुदाय स्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा आइसियु, भ्यान्टिलेटर र अक्सिजनको अभाव भएर कैंयौ नागरिकले अकालमै ज्यान गुमाउनुपरेको उल्लेख छ ।