थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, ७१३५ जना निको भए

१० जेठ, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ७१३५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परिक्षण गर्दा ७४२५ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६५३१ पुगेको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here