९ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ९३ जनाको मृत्यु भएको छ । उक्त अवधिभित्र ७ हजार ९ सय १४ जना नयाँ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १८ हजार ९ सय ६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५ सय ९८ र ९ सय ३१ एन्टिजेन टेष्ट गर्दा ३ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितमध्ये २ हजार ८ सय २१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंका १ हजार ७ सय ८१, ललितपुरका ६ सय ९४ र भक्तपुरका ३ सय ६६ जना छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।