‘ताउ ते’ का कारण ‘मैदान’ को सेट ध्वस्त

९ जेठ, काठमाडौं ।

भारतमा चक्रवाती तुफान ‘ताउ ते’का कारण ठूलो क्षती भयो । भारतको महाराष्ट्रमा पनि ताउ तेको असर देखिएको छ । यही आँधिका कारण बलिउड नगरीलाई पनि ठूलो क्षती पुगेको छ ।

नायक अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘मैदान’को सेट तुफानका कारण ध्वस्त भएको छ । यसबाट निर्माताले ३० करोड भन्दा बढी घाटा व्यहोर्नुपर्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रका निर्माता बोनी कपुरले यो सेट तयार गर्न ३० करोड भन्दा बढी खर्च भैसकेको र काम अझै नसकिएको उल्लेख गरेका छन् ।

बोनीले भारतीय मिडियासँग भनेका छन्, ‘सेट पूर्ण रुपमा नै ध्वस्त भएको छ । अब, हामीले तेश्रो पटक यो चलचित्रको लागि सेट बनाउनुपर्नेछ । पहिलो पटक लकडाउन भएपछि हामीले तयार भएको सेट तोड्नुपरेको थियो । यदि, लकडाउन नभएको भए यतिबेलासम्म चलचित्रको छायांकन सकिन्थ्यो । तुफानका कारण पिचको रोड छोडेर सेट सबै खराब भएको छ ।’

भारतीय मिडियाका अनुसार, यो सेटलाई वचाउनका लागि चलचित्रको निर्माण टिमले कोशिश गरेको थियो । तर, सेट पूर्ण रुपमा ध्वस्त हुँदा निर्माताले ठूलो नोक्सानी व्यहोर्नुपरेको हो ।

यो सेटमा नायक अजय देवगणले धेरै दृश्य छायांकन गर्ने तयारी गरेका थिए । तुफान आएको समयमा सेटमा ४० जना मानिसहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here