ठाकुरसहित चार नेतालाई जसपाले थाल्यो कारवाही

९ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)ले बहुमत पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही थालेको छ ।

उपेन्द्र यादवको अध्यक्षमा बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गर्छौँ भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका पछिल्ला गतिविधिका कारण कारबाही थालिएको एक नेताले बताए ।

उनकाअनुसार विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए निलम्बन वा निस्कासन गर्नेसम्म कारबाही हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here