७ जेठ, काठमाडौं ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय ७७ जनाको मृत्यु भएको छ ।
उक्त अवधिमा ८ हजार ६ सय ७ जना नयाँ संक्रमित थपिएका छन् भने ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २ सय २६ नमुना परीक्षण गर्दा साढे ८ हजारभन्दा बढीमा कोभिड पोजिटिभ देखिएको हो ।