कांग्रेसले बोलायो पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक

७ जेठ, काठमाडौं ।

नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको कांग्रेसले बताएको छ ।

सोही सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको पौडेलले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति संविधानको धारा ७६ (५) अनुसार अर्को प्रधानमन्त्री नियुक्तका लागि आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here