आइपिओ जारी गर्दै नेष्डो

६ जेठ, काठमाडौं ।

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आइपीओ जारी गर्ने जनाएको छ ।

सोको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । नेष्डोले ८ लाख २८ हजार ७ सय ५० कित्ता आइपीओ जारी गर्दैछ ।

नेष्डो र ग्लोबल आइएमई क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । जसमा लघुवित्तको तर्फबाट कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् ।

नेष्डो समृद्धको केन्द्रीय कार्यालय पर्वत जिल्लाको कुश्मा बजारमा छ । यसको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ ।

कम्पनीले जारी पुँजीको ३०% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । तर धितोपत्र बोर्डमा निवेदन दिएर बोर्डको अनुमति पाएपछि मात्र आइपीओ निष्काशन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here