विघटनविरुद्ध मिलेर जाने विपक्षी गठबन्धनको निर्णय (विज्ञप्तीसहित)

८ जेठ, काठमाडौं ।

विपक्षी गठबन्धनमा रहेका दलहरूले मध्यरातमा भएको संसद विघटनविरुद्ध एकताबद्ध रुपमा अघि बढ्ने निर्णय गरेका छन् ।

उनीहरु असंवैधानिक विघटनको कानूनी परीक्षणका लागि अदालत जाने भएका छन् । प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको शनिबार बसेको वैठकले संसद बिघटनले संविधानको मर्ममाथि नै प्रहार गरेको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here