चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च हो : भट्टराई

८ जेठ, काठमाडौं ।

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको आरोप लगाएका छन् ।

शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको बताएका हुन् ।

‘भित्री÷बाहिरी प्रतिगामी शक्तिहरूको षड्यन्त्र÷सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक÷असंवैधानिक÷प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली–विद्या कुकर्म !’ उनले ट्वीटरमा लेखेका छन् ‘यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं !’

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here