बीमा संस्थानको निमित्त प्रशासकमा रिमाल

७ जेठ, काठमाडौं ।

राष्ट्रिय बीमा संस्थानले महेश रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी प्रदान गरेको छ । बिहीबार कवि प्रसाद पाठकको कार्यकाल सकिए सँगै रिमाललाई निमित्त प्रशासकको जिम्मेवारी दिइएको हो ।

चार्टर्ड एकाउन्टेण्ट रिमाललाई मन्त्रालयले निमित्त प्रशासकको रुपमा जिम्मेवारी बहन गर्न निर्देशन दिएको हो ।

अहिलेको कोभिड १९ को महामारीको समयमा प्रशासनको नियुक्ति प्रक्रिया अगाडी बढाउन नसकिने भन्दै मन्त्रालयले दोस्रो वरियतामा रहेका रिमाललाई तत्कालका लागि निमित्तको जिम्मेवारी प्रदान गरिएको हो । अवस्था सहज भए पछि प्रशासन पदका लागि मन्त्रालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने प्रावधान रहेको छ ।

संस्थानको सम्पुर्ण निर्णय नेपाल सरकारले नै गर्ने व्यवस्था रहेको छ । विगत १० आर्थिक वर्षदेखि संस्थानको लेखापरिक्षण तथा साधारणसभा हुन सकेको छैन । बीमा समितिले संस्थानलाई एकै पटक तीन तीन वर्षका दरले लेखापरिक्षणका साथै साधारणसभा सम्पन्न गर्न निर्देशन दिएको छ ।

संस्थानका कतिपय विवाद समाधान भएसँगै यहि असार भित्रमा तीन आर्थिक वर्षको साधारणसभा हुने रिमालले जानकारी दिए । अवको ९ महिनामा अहिलेसम्म रोकिएको लेखापरिक्षण र साधारणसभा सम्पन्न हुने रिमालले प्रतिवद्धता व्यक्त गरे ।

लेखापरिक्षण तथा साधारणसभा सम्पन्न नहुँदा बीमा समितिले नयाँ योजना ल्याउन रोक लगाउँदै आएको छ । अर्को तर्फ कम्पनीले बोनस दर पनि सार्वजनिक गर्न पाएको छैन । अवको केहि समयमै बीमा संस्थानका थाती रहेका सम्पुर्ण कुराहरु सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here