सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालकमा झा नियुक्त

७ जेठ, काठमाडौं ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । कम्पनीको जेठ ७ गते बिहान ११ बजे बसेको २९१ औ संचालक समितिको बैठकले झालाई संस्थापक तर्फ रिक्त संचालक पदमा नियुक्त गरेको हो ।

उक्त बैठकले सोही दिन देखि नै लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालकमा झालाई नियुक्त गरेको कम्पनीले जनाएको छ । यसअघि झा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here