राष्ट्रपतिको विरोध गरेकोमा प्रधानमन्त्रीको असन्तुष्टि

७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध भएकोप्रति आक्रोश र असन्तुष्टि जनाएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति गणतन्त्रको प्रतीक भएको भन्दै राष्ट्रपतिको विरोध गर्नेहरुले गणतन्त्रलाई कमजोर बनाउन खोजेको दावी गरे ।

‘राष्ट्रपतिको हुर्मत लिने काम, राष्ट्रपति अपमान गर्ने काम राष्ट्रपति संस्थाको मर्यादा घटाउने काम भयो,’ उनले भने ‘आफ्नो अनुकुल भएन भनेर ।’ प्रधानमन्त्री ओलीले विरोध गर्नेहरुले राष्ट्रपतिको संवैधानिक काम कर्तव्य नबुझेको दावी गरे ।

‘मैले गरेको सिफारिसप्रति म जवाफदेही छु । अहिले पनि म जवाफदेही छु । राष्ट्रपतिलाई दोष किन ?’

उनले आफ्नो कदमको अदालतले ब्याख्या गर्ने पनि जिकिर गरे । ‘संविधानको ब्याख्या गर्ने, स्वतन्त्र न्यायपालिका होला पहिले पनि ब्याख्या गरेको देखकै हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here