स्कारपिओको ठक्करले पैदल यात्रीको ज्यान गयो

Scene of a car crash

७ जेठ, झापा ।

जिल्लाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदल यात्रीको मृत्यु भएको छ ।

कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटि गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here