जानकी मन्दिरमा सवा १ किलोको सुनको भेटी

७ जेठ, जनकपुरधाम ।
जानकी नवमीको अवसरमा जानकी मन्दिरमा सवा १ किलोको सूनको भेटी चढाइएको छ । जानकी मन्दिरका महन्त राम तपेश्वर दास वैष्णवले १ किलो र श्रद्धालु निर्मला देवीले २ सय ५० ग्राम सुन जानकी मन्दिरमा चढाएका हुन् ।

सीताको जन्मको स्मरणमा प्रत्येक वर्ष जानकी मन्दिरमा धुमधामको साथ जानकी नवमी मनाइने गरिन्छ । यस वर्ष कोरोनाको दोस्रो लहरको कारण धनुषामा निषेधाज्ञा लगाइएकाले जानकी नवमी प्रभावित भएको छ ।

कोरोनाका कारण अहिले जानकी मन्दिरको मुख्यद्वार बन्द गरिएको छ । यसवर्ष मन्दिरका पुजारी तथा केही धर्मानुरागीको उपस्थितिमा जानकी नवमी मनाइएको हो ।

कोरोनाको त्रास तथा नेपालको विभिन्न जिल्लामा निषेधाज्ञा जारी रहेकोले आज घरघरमा दियो बाली आरती गर्न महन्थ दासले आग्रह गरेका छन् । गत वर्षसमेत कोरोनाको कारण जानकी नवमी प्रभावित भएको थियो भने मन्दिरमा केक चढाएको भन्दै कडा आलोचनासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here